महोत्सवमा १३ करोडको कारोबार «

महोत्सवमा १३ करोडको कारोबार

महोत्सवमा १३ करोडको कारोबारमहोत्सवमा १३ करोडको कारोबार अमृृत अधिकारीपाल्पा, १४ फागुन ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र संभावना छ अपार’ भन्ने मूल नाराका साथ प्रदेश स्तरीय महोत्सवले १३ करोडको कारोबार गर्दै सकिएको छ । फागुन ३ गतेदेखि सुरु भएको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरेको १३ करोड बढीको कारोबार भएको महोत्सव संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।
 पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा १२ औं संस्करणका रूपमा भएको महोत्सवमा दर्शकदीर्घाको सहभागिता र चौतफी सहयोगका कारण लक्ष्यभन्दा बढी नै सफललता प्राप्त गरेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार संघले बहुउद्देश्यीय भवन निर्माणको मुल उद्देश्य लिएर गरिएको महोत्सव यो नै अन्त्य भएको छ, आगामि दिनमा अन्य व्यावसायिक तथा सामाजिक उद्देश्यले मेला महोत्सव आयोजना गर्ने संघको लक्ष्य छ ।  
महोत्सवमा ४ सय ६२ स्टलको सहभागिता थियो, स्टल व्यवस्थापन उपसमितिका संयोजक गोबिन्द सिंह कार्कीले भने महोत्सवले पाल्पाको कृषि, पर्यटन, उद्योग, व्यापारमा सहयोग पुगेको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम, होटल व्यवसाय, बालउद्यान, गार्मेन्ट, कृषि प्रविधि, पाल्पा संग्रहालय लगायतका स्टलहरूमा दर्शकको घुँइचो लागेको प्रचार–प्रसार संयोजक विष्णुमान बज्राचार्यले बताए  । टिकट व्यवस्थापन उपसमितिका संयोजक उत्तम बज्राचार्यका अनुसार महोत्सवमा २ लाख  ५० हजार बढी टिकट बिक्री भएको र निःशुल्क पाससहित गर्दा ३ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
 महोत्सवमा जिल्ला तथा जिल्ला बाहिरबाट कुटिर उद्योगका २२, ढाका उद्योगका ४, बेकरिज र तन्दुरी आइटम २/२, होटल २५ तथा विभिन्न गार्मेन्ट १ सय १४, कस्मेटिक १४, खाद्यान्न ४५, अटोमोबाइल ८, किचन आइटम १३, स्थानीय उद्यमीको अचारको १५, कस्मेटिक १५,  कृषि जन्यको १६, स्वास्थ्यसम्बन्धी ८, आइटी तथा फोटोका ५ लगायतको ४ सय ६२ स्टलको सहभागिता रहेको संघका महासचिव यादव सिंह कार्कीले बताए ।
संघले स्टल सहभागी तथा टिकटमा समेत एक/एकवटा मोटरसाइकल उपहारसमेत राख्दा दर्शक र स्टल व्यवसायीको सहभागिता बढेको कार्कीले बताए । महोत्सवमा संघका सदस्य, ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । संघले १२ औँ संस्करणका रूपमा आयोजित मेलामा प्रदेश नं. ५ अन्तर्गतका २७ उद्योग वाणिज्य संघहरूसँग समन्वय गरिएको थियो । 
महोत्सवको  आम्दानीबाट बहुउद्देश्यीय भवन निर्माण पर्यटन प्रवद्र्धनमा १५ प्रतिशत, धार्मिक सम्पदा संरक्षण, टुँडिखेल मैदान संरक्षण, व्यवसायमा ५/५ प्रतिशत रकम विनियोजन गरिने अर्थ संकलन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेयले बताए । 

अमृृत अधिकारी

प्रतिक्रिया दिनुहोस्