वार्षिकोत्सवमा शिखर इन्स्योरेन्सद्वारा कर्मचारी सम्मानित
काठमाडौं– शिखर इन्स्योरेन्सले २०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत ११ जना कर्मचारीलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समय काम गर्ने ३४ कर्मचारीलाई १०० ग्राम चाँदीको सिक्कासहित सम्मान गरेको छ ।
नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको शिखर इन्स्योरेन्सको दावी छ । बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको बताइएको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दावी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दावी भुक्तानीमा अग्रसर रहँदै आएको छ । २० वर्षको अवधिमा एक लाख भन्दा बढी दावी भुक्तानी दिएको छ ।
कम्पनीले २० वर्षको अवधिमा सेयरधनीलाई २९५ प्रतिशतको लाभांश प्रदान गरेको बताइएको छ । मर्जर विना २ अर्ब ५० करोडको चुक्ता पुँजी पुर्याउने पहिलो बीमा कम्पनी पनि शिखर इन्स्योरेन्स बनेको छ ।