लुम्बिनीमा एक वर्षमा १५० किमि सडक कालोपत्रे
दाङ– लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा १५०.४१ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८०/०८१ यो मात्रामा प्रदेशमा कालोपत्रे थपिएको हो । प्रदेश सरकारमार्फत् एक वर्षमा १५०.४१ किलोमिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकास विकास मन्त्रालयका सूचना अधिकारी विनोदकुमार चौधरीले जानकारी दिए ।
प्रदेश सरकारले सडक निर्माण प्राथमिकता दिएर अगाडि बढेको जनाएको छ । यसैअनुसार सडक कालोपत्रे, सडक विस्तार, नयाँ ट्रयाक खोल्ने, गाभेल गर्ने काम गरेको मन्त्रालयले जनाएको छ । नागरिकमा सहज यातायात पुर्याउनका लागि सडकलाई प्राथमिकता दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी चौधरीका अनुसार रुपन्देही जिल्लामा २१.५९ किलोमिटर, कपिलवस्तुमा १४.१७ किलोमिटर, पाल्पामा ३.२४ सय किलोमिटर, गुल्मीमा २३.४२ किलोमिटर, अर्घाखाँचीमा १३.९७ किलोमिटर कालोपत्रे गरिएको हो । त्यसैगरी प्युठानमा ९.७५ किलोमिटर, रोल्पामा ०.१० किलोमिटर, बर्दियामा २४.४० किलोमिटर, बाँकेमा २०.२७ किलोमिटर र दाङमा १९.५० किलोमिटर सडक कालोपत्रे भएको छ ।
एक वर्षको अवधिमा प्रदेशमा २९.७९ किलोमिटर ग्राभेल गरिएको छ । रुपन्देहीमा २२.५९ किमि, कपिलवस्तुमा ९.२० किमि, पाल्पामा १०.१४ किमि, गुल्मीमा ४०.३० किमि, अर्घाखाँचीमा ४३.३८ किमि, प्युठानमा ९.४० किमि ग्राभेल गरिएको छ । रोल्पामा ३.३२ किमि, रुकुम पूर्वमा ०.७९ किमि, बर्दियामा १९.८३ किमि, बाँकेमा १२.७२ किमि, दाङमा ३८.१२ किमि ग्राभेल भएको छ ।
यसैगरी यस अवधिमा १५५.१२ किमि सडक विस्तार भएको छ । पाल्पामा २३.६६ किमि, गुल्मीमा ३८.६० किमि, अर्घाखाँचीमा २४.९२ किमि, प्युठानमा २५.७५ किमि, रोल्पामा ९.३१ किमि सडक विस्तार भएको छ । रुकुम पूर्वमा ८.७८ किमि, बाँकेमा १२.८२ किमि, दाङमा ११.२८ किमि सडक विस्तार भएको छ ।
प्रदेशमा एक वर्षको अवधिमा ९४.१७ किमि नया ट्रयाक खोलिएको छ । पाल्पामा ३.९२ किमि, गुल्मीमा २९.८० किमि, प्युठानमा १८.२४ किमि, रोल्पामा ५.४२ किमि, रुकुम पूर्वमा २७.२७ किमि, बाँकेमा २.२० किमि, दाङमा ७.३२ किमि नयाँ ट्रयाक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ को एक वर्षमा १७.७९ किमि सडक ढलान गरिएको छ । जसमा रुपन्देहीमा ३.२६ किमि, कपिलवस्तु १.२४ किमि, पाल्पामा ६.२३ किमि, गुल्मीमा २.२४ किमि, अर्घाखाँचीमा ०.९२ किमि सडक ढलान भएको छ । प्युठानमा ०.४५ किमि, रुकुम पूर्वमा ०.४८ किमि, बर्दियामा ०.२९ किमि, बाँकेमा २.०९ किमि, दाङमा ०.४१ किमि सडक ढलान भएको छ ।
यसैगरेर प्रदेशमा एक वर्षको अवधिमा ३९ वडा सडक पुल निर्माण भएका छन् । मन्त्रालयका सूचना अधिकारी चौधरीका अनुसार रुपन्देही जिल्लामा १० वटा कपिलवस्तुमा ६ वटा, पाल्पामा १ वटा, गुल्मीमा २ वटा, अर्घाखाँचीमा २ वटा सडक पुल निर्माण गरिएको छ । प्युठान जिल्लामा ३ वटा, रोल्पामा २ वटा, रुकुम पूर्वमा ५ वटा, बर्दियामा २ वटा, बाँकेमा ५ वटा, दाङमा १ वटा सडकमा पुल निर्माण गरिएको छ ।
एक वर्षको अवधिमा प्रदेशमा १७ वटा भोलुंगे पुल निर्माण भएका छन् । मन्त्रालयका अनुसार रुपन्देही जिल्लामा २ वटा, कपिलवस्तुमा १ वटा, गुल्मीमा ३ वटा, अर्घाखाँचीमा १ वटा भोलुंगे पुल निर्माण गरिएको छ । प्युठान जिल्लामा १ वटा, रोल्पामा ४ वटा, बर्दियामा २ वटा, बाँकेमा १ वटा, दाङमा २ वटा भोलुंगे पुल निर्माण गरिएको छ ।
यसैगरी प्रदेशमा एक वर्षको अवधिमा ह्युमपाइप, स्ल्याब, कल्भर्ट ५७४ वटा निर्माण भएका छन् । रुपन्देही जिल्लामा ३५ वटा, कपिलवस्तुमा १४ वटा, पाल्पामा १ सय वटा, गुल्मीमा ९८ वटा, अर्घाखाँचीमा १० वटा ह्युमपाइप, स्ल्याब, कल्भर्ट निर्माण गरिएको छ । प्युठान जिल्लामा ४ वटा, रोल्पामा १० वटा, रुकुम पूर्वमा २ वटा, बर्दियामा १७५ वटा, बाँकेमा ३० वटा, दाङमा ९६ वटा ह्युमपाइप, स्ल्याब, कल्भर्ट निर्माण गरिएको छ ।