पोखराका ३० प्रतिशत होटेलमा अग्रिम बुकिङ «

पोखराका ३० प्रतिशत होटेलमा अग्रिम बुकिङ

पोखरामा यही पुस १८ देखि सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ मा हालसम्म ८० प्रतिशत अग्रिम स्टल बुकिङ भएको छ । पुस २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने उक्त महोत्सवमा हालसम्म ८० प्रतिशतजसो अग्रिम स्टल बुकिङ भएको बुधबार पोखरा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महोत्सवमा करिब ३ सयवटा स्टल रहने भएको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटोमोबाइल, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूका गतिविधि, दैनिक उपभोग्य वस्तु, घरायसी सामग्रीलगायतका वस्तु बिक्री तथा प्रदर्शनीमा रहने भएको संघका अध्यक्ष दामु अधिकारीले बताए । उनका अनुसार मेलामा लोकदोहोरी, पञ्चैबाजा प्रतियोगिता, सांगीतिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता गरीने भएको छ । साथै पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशमा रहेका होमस्टेका स्टलहरू, नयाँ पर्यटकीय ठाउँको प्रचार गरिने भएको छ ।
मेला अवलोकनका लागि विद्यार्थीलाई प्रवेश टिकटमा ४० र सर्वसाधारणका लागि ६० रुपैयाँ निर्धारण गरिएकोे छ । मेला अवलोकनका लागि जानेहरूका लागि प्रत्येक ६० रुपैयाँको टिकटमा नेपाल टेलिकमको ५० रुपैयाँबराबरको ब्यालेन्ससहितको सिमकार्ड प्रदान गरिने भएको छ । समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ लाई सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
लोकदोहोरी, पञ्चैबाजा प्रतियोगिताका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ राखिएको छ । सान्त्वाना पुरस्कार १० हजार रुपैयाँ छ भने उत्कृष्टलाई ५ हजार प्रदान गरिने भएको छ । एकल नृत्य प्रतियोगिताका लागि २० हजार, १५ हजार, १० हजार, सान्त्वनालाई ५ हजार पुरस्कार रहेको छ । उत्कृष्ट नृत्य प्रशिक्षकलाई २ हजार रुपैयाँ प्रदान गरिने भएको छ । मेलामा करिब १ लाख दर्शक सहभागी हुने संघका अध्यक्ष अधिकारीले बताए । नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउन तथा राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्न र बजारीकरणमा सघाउनु मेलाको लक्ष्य रहेको संघका महासचिव तथा प्रचार संयोजक अर्जुन पोखरेलले बताए । “लगानीको सम्वर्धन, उद्योग व्यवसायको प्रवद्र्धन” भन्ने नारासहित पोखरा उद्योग वाणिज्य संघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरको सहयोग तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा मेला आयोजना गर्न लागिएको हो । उक्त मेलाबाट १ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । मेला सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने महासचिव पोख्रेलले जनाए । बचत रकमलाई उद्यमशीलता र उद्योग एवं व्यवसाय प्रवद्र्धनमा खर्च गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्