Logo

सन नेपाल लाइफको सम्मान कार्यक्रम

काठमाडौं– सन नेपाल लाइफ इन्स्योेरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका करिव २०० जना मार्केटिङ म्यानेजरसहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सीईओ अर्यालले सन नेपाल डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएकाले ग्राहकको माग र जनचाहनालाई सम्बोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको बताए ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ताको तर्फबाट मार्केटिङ म्यानेजर म्यानेजर सन्तोष बस्नेतले कम्पनीको दुरदर्शी सोच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा सन नेपालप्रतिको विस्वास बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्