इँटा उद्योगमा सयलाई रोजगारी «

इँटा उद्योगमा सयलाई रोजगारी

रामपुर–६ विजयपुरका एक युवाले विदेशबाट फर्केर गाउँमै इँटा यद्योग सञ्चालन गरेका छन् । खाडीमुलुक कतारमा रोजगारीका लागि गएर फर्किएका युवा सीताराम देवकोटाले पाँच वर्षदेखि इँटा यद्योग सञ्चालन गरेका हुन् । पैसा कमाउन भनेर कतार गएको थिए, देवकोटाले भने त्यहाँ अत्याधिक गर्मी र बढी श्रम गर्नुपर्ने भएकाले स्वदेशमा नै गएर केही गरौंला भनेर आएको हुँ । एक वर्ष कतार बसेर फर्केपछि गाउँमा हार्डवयर पसल सञ्चालन गरेको थिए, देवकोटाले भने त्यसबाट आशातित सफलता नमिलेपछि अहिले इँटा यद्योग सञ्चालन गरेको छु ।
बढ्दो सहरीकरणसँगै रामपुरमा दैनिक घर, भवन बनाउनेको संख्या बढेपछि स्थानीय स्तरमै इँटा यद्योग सञ्चालनमा लागेको देवकोटाको भनाइ छ, देवकोटा इँटा उद्योगका नाम अनुमतिप्राप्त गरी आफ्ना भाइ सुन्दरप्रसाद देवकोटासँग मिलेर उनले इँटा उद्योग खोलेका हुन् ।
उद्योगमा अहिलेसम्म डेढ करोड लगानी भएको र दैनिक सिजनमा १ सय ५० र नियमित १ सयभन्दा बढी कामदारलाई रोजगारी समेत दिएको उद्यमी देवकोटा बताउँछन् । रामपुर क्षेत्रमा बुटवल, भैरहवाबाट इँटा ढुवानी गर्दा ढुवानी भाडा महँगो पर्ने र इँटाको मूल्य पनि बढी पर्ने भएपछि स्थानीयले उनको उद्योगमै आएर इँटा खरिद गर्ने गर्छन् ।
अहिले बाहिरको इँटा १५ देखि २५ रुपैयाँ प्रतिगोटा पर्ने गर्छ तर हामीले १४ रुपैयाँमै इँटा दिएका छौं, उद्योगका सञ्चालक सुन्दरप्रसाद देवकोटाले भने जसले गर्दा हामीलाई बजारको कुनै समस्या रहेको छैन ।
रामपुर क्षेत्रका व्यावसायिक घर भवन, सार्वजनिक संस्थाका लागि सबैभन्दा बढी इँटाको माग रहेकाले मागअनुसार इँटादिन सकिएको व्यवसायी देवकोटा बताउँछन् । उनको उद्योगमाअहिले दैनिक २४/२५ हजार इँटा उत्पादन हुन्छ, दैनिक इँटा बनाउने र पोल्ने कामका लागि उनले सय बढी स्वदेशी तथा विदेशी भारतीय कामदारलाई समेत रोजगारी दिएका छन् । उनले उद्योग सञ्चालन गरेर आफू र भाइको परिवार गरी ७ जनाको घरपरिवारलाई रोजगारीसँगै जीविको पार्जनमा समेत मद्दत पुगेको बताउँछन् ।
गाउँमै इँटा यद्योग सञ्चालन गरेर देवकोटा परिवारले वार्षिक २५/३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताउँछन् । उनले खाडीमा गएर मासिक १५/ २० हजार बचाउँथे, अहिले गाउँमै मालिक बनेर सयौंलाई रोजगारीसँगै सोहीअनुसारको तलब दिन सफल भएको बताउँछन् ।
गाउँमै इँटा यद्योग सञ्चालनमा आएपछि बुटवल, भैरहवा इँटा लिन जानुपर्ने बाध्यता स्थानीयलाई हटेको स्थानीय कृष्ण अर्यालले बताए । उनकाअनुसार सहुलियत दरमै होमडेलीभरी सहितको सेवाले स्थानीयलाई राहत मिलेको छ ।

अमृत अधिकारी

प्रतिक्रिया दिनुहोस्