Logo

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलि पे प्लस नेटवर्कमा रहेका सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्न सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलि पे प्लस नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।

चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

एनएचसीएलले अलि पे प्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका लागि आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहल अनुरूप सिटिजन्स बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्न सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्