कृषि विकास बैकको शाखा चितवनमा
काठमाडौं– कृषि विकास बैकको नयाँ शाखा चितवनको भरतपुरमा बिस्तार भएको छ ।
भरतपुर महानगरपालिका–६ गीतानगर बजारमा शनिबार नयाँ शाखाको उद्घाटन गरिएको हो । ‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने नाराका साथ बैकको २७१औं र चितवनको १०औं शाखाको रुपमा बिस्तार गरिएको हो ।
बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बैकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध बैंकिङ सुविधा उपलब्धता भएकाले सेवा लिन अनुरोध गरे । सञ्चालक समिति सदस्य पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न बैंकले सहयोग गर्ने पनि बताए ।