टीभीएस एनटर्क १२५ रेस एडिसन बजारमा «

टीभीएस एनटर्क १२५ रेस एडिसन बजारमा

टीभीएस मोटर कम्पनी, दुईपाङग्रे र तीनपाङग्रे गाडीहरूका लागि प्रतिष्ठित निर्माताले बिहीबार टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ । यो रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।
स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै रेस ‘इडिसन’ ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन–म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टीभीएस मोटर कम्पनीका, इन्टरनेसनल बिजनेस, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भने, “टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरूमाँझ निकै लोकप्रिय बन्न पुगेको छ ।
यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर बिहीबार हामीसँग एनटर्कमा करिब ४ लाखभन्दा बढी गौरवान्वित युवा उपभोक्ताहरू छन् र यो सार्वजनिकसँगै अझ बढी ग्राहकहरू विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।”
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढी अपेक्षा राख्ने ग्राहकहरूलाई सन्तुष्ट पार्नेछ ।”
टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ –टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्