२०१९ मा जापानको जन्मदर कीर्तिमानी न्यून «

२०१९ मा जापानको जन्मदर कीर्तिमानी न्यून

टोकियो-जापानको जनसांख्यिकी संकट झनै खराब भएको छ । पाका उमेरका मानिसको संख्यामा भएको वृद्धि खेप्दै आएको मुलुकमा यो वर्षको प्राकृतिक जनसंख्याको वृद्धिदर कीर्तिमानी न्यून भएको सरकारी तथ्यांकले देखाएको छ ।
यो वर्ष यो मुुलुकमा शिशु जन्मको अनुमानित संख्या ८ लाख ६४ हजारमा झरेको छ । १८९९ मा अभिलेख राख्न सुरु भएदेखिकै यो न्यून भएको स्वास्थ्य मन्त्रालयले हालै प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ ।
गत वर्षको तुलनामा नयाँ शिशुको जन्ममा ५४ हजारले संकुचन आएको छ ।
२०१९ मा मृत्यु पनि दोस्रो विश्वयुद्धपछिकै कीर्तिमानी उच्च १३ लाख नाघेको छ । प्राकृतिक जनसंख्यामा ५ लाख १२ हजारले गिरावट आएको छ । यो गिरावट हालसम्मकै उच्च हो ।
जापान सुपर एज्डको मुलुक हो । यसको अर्थ यहाँ २० प्रतिशत जनसंख्या ६५ वर्षमाथिका छन् । गत वर्ष यो मुलुकको कुल जनसंख्या १२ करोड ४० लाख थियो, तर यो २०२० मा गएर ८ करोड ८० लाखमा झर्ने अनुमान गरिएको छ ।
काम गर्ने जनसंख्यामा कमी आएको र स्वास्थ्य हेरचाह तथा पेन्सन दिनुपर्ने जनसंख्यामा वृद्धि भएकाले जापान समस्या उन्मुख भएको देखिन्छ ।
प्रजनन दर घट्ने समस्या भोग्ने जापान एक्लो देश भने होइन । जर्मनी पनि सुपर एज्डको मुलुक हो । २०३० सम्ममा अमेरिका, संयुक्त अधिराज्य, सिंगापुर र फ्रान्सले पनि यो दर्जा पाउने देखिन्छ ।
दक्षिण कोरिया पनि पाका उमेरका मानिसको संख्यामा वृद्धि हुने समस्याबाट ग्रसित हँुदै आएको छ । यो मुलुकमा पनि कार्र्यबल खुम्चिएको र न्यून जन्मदरको समस्या रहेको छ । २०१८ मा देशको कुल प्रजनन दर अभिलेख राख्न थालेयताकै न्यून दरमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्