शाओमीका तीन मोडलका पावर ब्याङ्क सार्वजनिक
काठमाडौं– शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्क सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ ।
नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच र २२.५ वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रहेका छन् ।
यी उपकरणले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ क्षमता, बहु–उपकरण चार्जिङ र कम्प्याक्ट डिजाइन प्रदान गर्ने कम्पनीको दावी छ ।