इलेक्ट्रोटेक भेइकलमा सवा अर्ब डलर लगानी

विद्युतीय प्रविधिमा आधारित वाहन इलेक्ट्रो टेक भेइकल स्टार्टअप कम्पनी रिभियानले अमेजन र फोर्ड मोटर कम्पनीसहित टी रो प्राइसको लगानी भएको जनाएको छ । कम्पनीका अनुसार १.३ अर्ब अमेरिकी डलर बराबरको लगानी भएको हो ।
प्रविधिमा आधारित वाहन बनाउने बजारमा टेस्ला सर्वाधिक स्थापित कम्पनीको रूपमा रहेको छ । इलेक्ट्रो टेक भेइकल बनाउने गरी केही वर्ष अघि स्थापित रिभियानलमा ब्ल्याक रकसमेतको लगानी रहेको छ ।
रिभियानका प्रमुख कार्यकारी आरजे स्केरिन्जले यो लगानीले कम्पनीको उत्पादन, प्रविधि र रणनीतिको क्षेत्रमा विश्वास विस्तार भएको जनाउँदै एक विज्ञप्ति सार्वजनिक गरेका छन् ।
विश्वको गाडी बजारमा यो कम्पनीले थोरै संख्यामा विद्युतीय वाहनको उत्पादन गर्नेछ । विद्युतीय गाडीको बजारमा टेस्ला परिचित नाम रहेको छ ।
सन् २००९मा स्थापित रिभियानले विद्युतीय पिकअप निर्माण गर्ने योजना बनाएको हो । आर वन एस एसयुभी सन् २०२०को अन्त्यतिर बजारमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ ।