अमेरिकी अनलाइन होलिडे सपिङको बिक्री रेकर्ड उच्च

विदाको समयमा हुने अमेरिकी अनलाइनको यो वर्षको बिक्री एक रेकर्ड बिक्री भएको मास्टरकार्ड इंकले जनाएको छ । मास्टर कार्डले जनाए अनुसार इ–कमर्स यो वर्ष उच्च रहेको हो ।
खुद्रा बिक्रेताहरूका लागि इदको मौसम महत्वपूर्ण हुने गरेको छ । वर्षको विदाको अवधिमा हुने बिक्री वार्षिक बिक्रीको ४० प्रतिशतसम्म हुने गरेको छ ।
परम्परागतरूपमा अमेरिकाको हलिडे सपिङ यो वर्ष २८ नोभेम्बरमा शुरू भयो । गतवर्ष यो अवधि नोभेम्बर २२को तुलनामा एक साता पछि शुरू भयो । थाइंक्स गिभिङ देखि क्रिसमससम्मको बिक्रीलाई बुझिने गरिन्छ ।
यो वर्ष इ–कमर्सको बिक्री कुल खुद्रा बिक्रीको १४.६ प्रतिशतले बढेको छ भने यो अवधिमा हुने बर्सेनी बिक्री सन् २०१८को नोभेम्बर १ देखि क्रिसमस इभसम्मको बिक्री भन्दा १८.८ प्रतिशतले बढेको हो ।
अटो बिक्रीलाई हटाइदिँदा हलिडे खुद्रा बिक्री ३.४ प्रतिशतले बढेको छ । मास्टरकार्डका बरिष्ठ सल्लाहकार स्टिभ स्याडोभलले अमेरिकाको थाइंक्स गिभिङदेखि क्रिसमससम्मको बिक्री रेकर्ड भएको बताए ।