टेक वारको क्लाइमेक्स कुर्दै २०२० «

टेक वारको क्लाइमेक्स कुर्दै २०२०

अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका आर्थिक क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गर्ने विभिन्न नियोगहरूले २०२० को समग्र आर्थिक परिदृश्य राम्रो हुनेमा विश्वास गरिरहेका छैनन् । अमेरिका र चीनबीच एक अर्काको उत्पादित वस्तुमा अतिरिक्त भन्सार महशुल थप्ने प्रतिस्पर्धाले आर्थिक क्षेत्रमा व्यापार युद्धकै रूप लिएको छ ।
विश्वकै पहिलो र दोस्रो ठूलो अर्थतन्त्रबीचको यो व्यापार युद्धले गर्दा विश्वको आर्थिक परिदृश्य कमजोर रहने र रहेको जनाउने गरिएको छ । विद्यमान विश्वको अर्थतन्त्रहरूलाई सर्वाधिक प्रभावित पार्ने विषय दिनप्रतिदिन उन्नत हुँदै गएको सूचना प्रविधिको विकास र कृत्रिम बौद्धिकता लगायतका प्रविधि हुन् । संक्षेपमा टेक्नलजि वा ‘टेक’ले बुझिने यसको गहिराइ र विस्तार बुझ्ने विषय दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धले दर्शाइरहेको छ ।
चीन र अमेरिकाबीचको व्यापारिक र व्यावसायिक सम्बन्ध टेकको विकाससँगै विस्तार भइआएको थियो । अमेरिकाका टेक कम्पनीहरूमा लगानी र उनीहरूसँगको व्यापारबीचको सम्बन्ध अहिले विश्वको पहिलो अर्थतन्त्र बन्ने प्रतिस्पर्धाको रूपमा विकास भइरहेको छ । विकास देशहरूको समूहबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा पुगेको चीनले अमेरिकाले विकास गरेको हरेक क्षेत्रमा आफ्नो वर्चस्व स्थापना गर्न खोजेको देखिनु आफैंमा अस्वाभाविक भने होइन । तर पछिल्लो समय सन् २०१६मा निर्वाचनबाट राष्ट्रपति पदको निर्वाचनमा जीत हासिल गर्ने रिपब्लिकन पार्टीका विवादित नेता डोनाल्ड ट्रम्प निर्वाचित भएयता अमेरिका र चीनबीचको प्रतिस्पर्धा चरमत्कोर्षतर्फ बढ्दै गएको हो ।
प्रविधि क्षेत्रको शीत युद्ध वा टेक कोल्ड वारको शुरूवात सन् २०१८लाई मान्दा त्यसको वेग र विस्तार सन् २०१९लाई बुझ्नुपर्ने हुन्छ । टेक कोल्ड वारको केन्द्रीय भागमा चिनियाँ टेक कम्पनी ह्वावे र यसको फाइभ जी नै रहेको देखिन्छ । फाइभ जीको वर्चस्व ह्वावेले टेकको दुनियाँमा लिएपछि अमेरिका र चीनबीचको व्यापार युद्ध गहिरिँदै गएको हो । यो टेक युद्धकै विकिरणहरूले विश्व अर्थतन्त्रका अन्य क्षेत्रहरू र वैज्ञानिक अनुसन्धानमा आधारित उत्पादनमूलक क्षेत्रहरूलाई प्रभावित गरिरहेको छ । दुई देशबीचका प्रतिनिधिहरूबीचको निरन्तर प्रयासबाट हालै व्यापार युद्धबाट क्षति कम गर्न व्यापार सम्झौताको पहिलो चरण ‘फेज वन’मा हस्ताक्षर हुने सम्भावना बढेको छ । फेज वनमा हस्ताक्षर भए सन् २०२० को आर्थिक परिदृश्यमा सुधार हुन सक्ने अपेक्षा गरिएको छ । तर यी दुई देशबीचको टेक प्रतिस्पर्धाले यति छिट्टै व्यापार सम्झौता हुनेमा अझै शंका रहेको देखिन्छ । अनि यसले समग्र विश्वलाई नै प्रभावित गर्नेछ ।
ट्रम्प प्रशासनले सन् २०१९को मे महिनामा ह्वावेमाथि आफ्नो दबाब बढाउन कठोर प्रतिबन्ध लगायो । अमेरिकाको व्यापार विभागले ह्वावे र यससँग आबद्ध ६८ कम्पनीको एक सूची जारी ग-यो । यी कम्पनीहरूसँग अमेरिकी सरकारको अनुमति बिना अमेरिकी कम्पनीले सामान बिक्री गर्न नपाउने प्रतिबन्ध लगायो । अमेरिकी कम्पनीहरूमाथि अमेरिकाको वाणिज्य विभागले यो प्रतिबन्ध लगाएयता अमेरिकाका केही महत्वपूर्ण कम्पनीहरूका लागि दुई पटक निलम्बन गरियो । गुगल र माइक्रोन जस्ता कम्पनीले ह्वावेसँगको व्यवसाय गर्न यो प्रतिबन्ध खारेज गरे ।
ह्वावेका प्रमुख कार्यकारी रेन झेङफेइले वासिंटन पोस्टलाई दिएको एक अन्तर्वार्तामा ह्वावे बाँचिरहने विश्वास व्यक्त गर्दै अमेरिकी उत्पादन बिनाको उत्पादन गर्न ह्वावेलाई यो प्रतिबन्धले बाध्य पारेको बताए । नोभेम्बरमा अमेरिकाको संघीय नियोग एफसीसीले ह्वावे र जेडटीई उपकरणको प्रयोग बन्द नगर्ने टेलिकम कम्पनीहरूलाई सरकारी अनुदान नदिइने निर्णय ग-यो । एफसीसी प्रशासनले अमेरिकी कम्पनीलाई संवेदनशील हार्डवेयर, सफ्टवेयर, वा डेटा सर्भिसजस्ता खरिद बिक्रीका बारेमा जुनसुकै बेला रोक लगाउन सक्ने नयाँ अधिकार वाणिज्यमन्त्रीलाई दिने प्रस्ताव ग-यो ।
अमेरिकाले निरन्तर आफ्ना सहयोगी र मित्र देशहरूलाई ह्वावेको उपयोग नगर्न विश्वास दिलाउने काम गरिरहयो । ह्वावेको गतिविधिलाई यसले सुस्त बनायो । नोभेम्बरमा युरोपियन युनियनका सदस्य देशहरूले टेक उपकरणहरूको आपूर्तिकर्ता देशहरूले उपलब्ध गराउने उपकरणको उपयोग गर्न सुरक्षासम्बन्धी निर्णय गर्ने सहमति गरे । जर्मनीकी चान्सलर एन्जेला मर्केलले ह्वावेका लागि ढोका खुलाइ दिइन् । उनको पार्टी सदस्यहरूले यससम्बन्धी एक विधेयक संसदमा प्रस्तुत गरे ।
नर्वेको सबैभन्दा ठूलो टेलिकम टेलेनरले फाइभ जी नेटवर्ककका लागि एरिक्सनको उपयोग गर्ने र ह्वावेको प्रयोगलाई विस्तार घटाउँदै जाने घोषणा ग-यो । तर ह्वावेको युरोपका हरेक देशमा रहेकोले हरेक देशका लागि ह्वावे उपकरण वैकल्पिकरूपमा रहेको छ । ह्वावेले विश्वका १५० विश्वविद्यालयहरूसँग अनुसन्धान समन्वय गरिरहेको छ । पूर्वी र केन्द्रीय युरोपेली देशसँग ह्वावेको सम्बन्ध बलियो हुँदै गयो ।
अमेरिकाले चीनलाई एक्ल्याउन खोज्दा ऊ टेकको शक्तिशाली देशको रूपमा उदाउन पुगेको देखियो । चीनमा टेक प्रवाहको विस्तार भयो । अक्टोबर २०१९मा अमेरिकाको वाणिज्य विभागले थप २८ कम्पनीहरूलाई सरकारी नियोगको सूचीमा समावेश ग-यो । यसमा चीनको कृत्रिम बौद्धिकता एआई क्षेत्रका कम्पनीहरूलाई समावेश गरियो । यसमा समावेश गरिएकाहरूमा सेन्स टाइम, मेगभी, यितु र आइफ्लाईटेक जस्ता कम्पनी रहे ।
अमेरिकी अधिकारीहरूले अनुहार चिन्ने र बोली बुझ्ने प्रविधिहरूमाथि चासो व्यक्त गरेनन बरू प्रविधिको निर्यात विकासशील देशहरूमा गर्ने बारे पनि व्यक्त गरे । यसै अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गर्ने क्रममा ‘टिकटक’का बारेमा पनि व्यक्त गरे । गतवर्ष ७५ करोड पटक विश्वभर डाउनलोड गरिएको अमेरिकी किशोरहरू माझ टिकटक एक व्यापक लोकप्रिय एप छ । टिकटकको लोकप्रियताले अमेरिकी अधिकारीहरूलाई उनीहरूको राष्ट्रिय सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा उत्पन्न गरायो । अमेरिकाको विदेशी लगानी समितिले टिकटकका मालिक कम्पनी बाइटडान्सलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको प्रतिवेदन बुझायो ।
टेक कोल्ड वारबारे विचार गर्दा अमेरिकाले चीनको प्रविधि विस्तारको प्रवाहलाई बृद्धि हुन दिनेमा शंका छ । त्यसैले अमेरिकाले अमेरिकी अनुसन्धानमा संलग्न चिनियाँ वैज्ञानिकहरूको पहुँचलाई सिमित पार्ने काम गर्ने देखिएको छ । कम्तीमा टेक क्षेत्रको महत्वपूर्ण अनुसन्धानबाट चिनियाँ वैज्ञानिकहरूलाई विस्थापित गराउने छन् । अमेरिकी सदन सिनेटमा अनुसन्धान सम्बन्धी विषयमा गठित स्थायी उपसमितिको नोभेम्बरमा सार्वजनिक एक प्रतिवेदनमा अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआई र संधीय अनुसन्धन नियोगहरूले अनुसन्धानमा चिनियाँ प्रतिभाहरूको भर्नामा प्रतिक्रिया जनाउन असफल भएको उल्लेख गरिएको छ । यसका अतिरिक्त गुप्तचर नियोगको अनुसन्धान समितिको प्रतिवेदनले सरकारले रेगन युगको निर्देशिका अनतर्गत बनेको कार्यक्रम एनएसडीडी१८९को समिक्षा गर्नुपर्ने आवश्यकता औल्याएको छ ।
अमेरिकाले चालेका यी कदमहरूका कारण चीनले प्रविधि क्षेत्रको ‘कोर टेक्नोलोज’को विकास, नवपर्वतनलाई दोब्बर गर्ने रणनीति अंगीकार ग-यो । अमेरिकाले विदेशी कम्पनीलाई अमेरिकी बजारमा रोक लगाएका बेला चिनियाँ कम्पनीहरूको आपूर्ति हुने गरी आपूर्ति चेन निर्माण पनि ग-यो । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो पाँच वर्षे योजनामा सानो अगुवा समूह स्थापना गरेका छन् । चीनले निरन्तर चीप उत्पादनमा ध्यान दिएको छ । अमेरिकाले रोक लगाएपछि त्यसको आपूर्ति गर्न यसलाई डिजाइन गरिएको छ । चीनले अमेरिकामाथिको परनिर्भरता घटाउने गरी डिजाइन गरेको हो । मे २०१९मा चीनको अर्थमन्त्रालयले सेमिकन्डक्ट निर्मार्ता र सफ्टवेयर डिभलपरहरूका लागि कर घटाउने पाँच वर्षे योजनाको घोषणा ग-यो ।
गत अक्टोबरमा बेइजिङले सेमिकन्डक्टर उद्योगलाई सहयोग गर्न २९ अर्ब अमेरिकी डलर बराबरको नयाँ कोष स्थापना ग-यो । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले चिनियाँ उत्पादनहरूलाई अमेरिकी बजारबाट बाहिर राख्न गरेको प्रयासको निरीक्षण गरी डिसेम्बरमा चीनले तीन वर्ष भित्र सबै सरकारी कार्यालयमा विदेशी कम्प्युटर उपकरण र सफ्टवेयर हटाउने आदेश दियो । यो आदेश अनुसार विदेशी हार्डवेयरलाई सन् २०२०मा ३० प्रतिशतले हटाउने सन् २०२१मा ५० प्रतिशत र सन् २०२२मा बाँकी २० प्रतिशत विदेशी हार्डवेयर हटाउने योजना रहेको छ ।
त्यसैले अमेरिका र चीनबीचको टेक वार सन् २०२०मा पनि निरन्तरता पाउने देखिएको छ । राष्ट्रपति सीले विदेशी प्रविधिमाथिको निर्भरता हटाउने प्रयासलाई त्याग गर्ने देखिदैन । टेक्नलजि क्षेत्रमा अमेरिकी चीनबीचको व्यापार युद्धको प्रभाव आगामी दिनमा देखिने छ । विवादले टेक्नलजि क्षेत्रको विस्तारमा हुने लगानीलाई प्रभावित पार्नेछ ।तर पनि यो दुई देशबीचको व्यापार सम्बन्धले गर्दा ढिलो चाँडो सहमति हुनेमा गरिएको विश्वास निसन्देह आईएमएफ लगायतका नियोगहरूको चिन्ताको समाधान गर्ने बाटो हुनेमा शंका भने छैन ।

प्रतिक्रिया दिनुहोस्