नेपाल बैंकको ८८ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न
काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८१ साल कार्तिक ३० गते आफ्नो ८७ औं वर्ष पुरा गरी ८८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए ।
नेपालभर २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २५ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
करिव ९ लाख भन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।