Logo

फोटन माउन्टेन ईभी सार्वजनिक

काठमाडौं– फोटन नेपालले नेपालका लागि डिजाइन गरिएको माउन्टेन ईभीको १०० वटा सवारीसाधन एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । नेपालको जटिल भौगोलिक आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको ईभीमा ५३.५८ पध्ज ब्याट्री समावेश गरेको छ ।

जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीको दावी छ । यसमा १३० हर्ज अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषता भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ ।

एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, ‘हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं, यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ । नेपालका चुनौतीपूर्ण सडकलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधामा उपलब्ध रहेको छ ।’

माउन्टेन ईभी १४ देखि १६ सीटसम्मको विभिन्न मोडलमा उपलब्ध छ । यसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ । नेपाली बजारमा फोटनको ब्राण्ड मूल्य ३१.४ अर्ब रहेको छ । यसले नेपालका लागि एक स्वच्छ र दिगो भविष्य निर्माणमा ठूलो योगदान पुर्‍याउने अपेक्षा रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्