Logo

२२ सय घट्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्