Logo

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौं- इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजना पूरा गर्दै दोलखामा गौरी शंकर बालगृहको मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ ।

यस अवसरमा वर्ल्डलिंककी लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रम कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए ।

वर्ल्डलिंकले भवनको मर्मत कार्यमा २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नान गृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना(कम्बल, र स्टेशनरी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्