जहाजबाट भित्रिदै जुम्लामा लागुऔषध

जुम्ला-यसै पनि विमानस्थलमा सुरक्षा व्यवस्था चेकजाँच निकै कडा हुन्छ । कानुनले बर्जित गरेका कुरा सजिलै ओसार पोसार गर्न कसैले सक्दैन् । तर जुम्ला विमानस्थलबाटै प्रहरीले लागू औषध ब्राउन सुगर बरामद गरेको छ । बिमानबाटै लागू औषध ओसार पोसार हुने गरेको गुनासो आएपछि प्रहरीले गत हप्ता विमानस्थलमा निगरानी बढायौ, डिएसपी लाल बहादुर धामीले भने, जुम्ला जस्तो हिमाली ठाउँमा लागुऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारो लागेको थिएन । तर, पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरी रहेका थियौं ।
अन्नतः गतसाता जुम्ला विमानस्थलको टर्मिनल भवन भित्रबाटै लागू औषध ९ ब्राउन सुगर बरामत गर्न सफल भएको बताए । कार्टुनमा सुन्तला भित्र राखेर ब्राउन सुगर भित्राएको प्रहरी पत्ता लगाएको हो ।
गएको बुधबार अपराह्न ४ः३० बजे सीता एयरलाइन्सको जहाजमार्फत शिलबन्दी गरी जुम्ला ल्याइएको काटुनमा लागूऔषध भेटिएको थियो डिएसपी धामीले भने शिलबन्द १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बा राखिएको र डिब्बाभित्र कण्डमको टुक्राभित्र ८ वटा कालो प्लास्टिकको पुरिया बनाइ लुकाइछिपाइ राखिएको ६ ग्राम लागूऔषध ब्राउन सुगर प्रहरीले विषेश सूचनाको आधारमा फेला पारेको हो ।
सोमबार पत्रकार सम्मेलनमार्फत जुम्लामा पछिल्लो समय विमानबाटै लागू औषध भित्रिने गरेको सार्वजानिक गरिएको हो । भने विमानमार्फत लागू औषध ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । शिलबन्दी सामान पठाउने, जुम्लामा उक्त सामान संकलन गर्नेलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उनीहरूको नाम भने गोप्य राखिएको छ ।
त्यसअघि प्रहरीले मंसिर १७ गते तीला गाउँपालिका–३ कुडारीस्थित सडक खण्डमा एक ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजना बालकलाई प्रहरीले पक्राउ गरेको गरेको थियो । ती बालकको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरेको डिएसपी धामीले बताए ।
हाल लागू औषध ओसार पोसार तथा प्रयोकर्ताका रूपमा चारजना व्यक्ति पक्राउ गरिएको छ । तर, यो विषयलाई अनुसन्धान गरी थप १० जनाजति प्रकाउ पर्ने सम्भावना रहेकाले अभियुक्तहरूको नाम सार्वजानिक नगरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय हिमाली जिल्ला जुम्लामा लागू औषध विमानबाटै भित्रिने गरेको छ । यो निकै खतरा हो, जुम्लामा लागू औषधको बढदो प्रयोगले युवामा लत लागेको छ । जुम्लामा लागूऔषध भिœयाउन तरिका पनि फरक हुने गरेको भेटिएको छ । जुम्लामा लागुऔषध फलफूलको काटुनमा लुकाएर ल्याउन गरेको डिएसपी धामीले बताए ।
लागूऔषध सुन्तलाको काटुनमा नेपालगन्ज हुँदै जुम्ला विमानस्थलमा आइपुग्दो रहेछु डिएसपी धामीले भने, फलफुलका कार्टुनमा प्याक गरि पठाउने ठूलै गृह छ भने प्रहरीले लागू औषधसहित उनीहरूले बिक्री गरेर साथमा राखेको ५० हजार नगद पनि बरामत गरेको छ ।
फोटो क्याप्सन ः विमानबाट बरामद गरिएको लागू औषध ब्रराउन सुगर