सिन्धुलीको खुर्कोटमा हिमालयन बैंकको शाखा

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोलान्जोर–७, साझा चोक, खुर्कोट, सिन्धुलीमा बुधबारेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहकाबीच गरे । सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु-याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरूलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरे ।
देशको राजधानी काठमाडौलाई तराई मधेशसँग जोड्ने बीपी राजमार्गको मध्य भागतिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकाले उद्योग तथा व्यावसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको विचार व्यक्त गरे ।