Logo

रूसमा १८ अर्बको स्टिल्थ फाइटर दुर्घटना

मस्को-रूसको लडाकु विमान पुटिनको वायु सेनामा प्रवेश गर्नु केही दिनअगाडि दुर्घटनामा परेको छ ।
सुखोई सु–५७ स्टिल्थ फाइटर रूसको सुदूर पूर्वमा आगोको ज्वालासहित दुर्घटना भएर पूरै ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।
पाइलट भने इजेक्टर सिटबाट सुरक्षित रूपमा बाहिर आउन सफल भएका छन् ।
रूसको वायु सेनाले ७६ वटा १५ करोड ५० लाख डलरको विमान अर्डर गरेको थियो । यो विमानले अमेरिकाको एफ–२२ ¥याप्टर स्टिल्थ फाइटरलाई टक्कर दिने ठानिएको छ ।
सु–५७ चिनियाँ जे–२० जेटजस्तै हो । उक्त विमान चिनियाँ ह्याकरहरूले अमेरिकी विमानको प्र्रविधि चोरेर बनाएको बताइँदै आएको छ ।
जियोम्गीका बासिन्दाहरूले कोम्सोमोल्स्को–अन–अमुरको त्यस्तै ७ माइल उत्तरमा ठूलो आवाज सुनेका थिए । यो आवाजसँगै उनीहरूले युद्धका विमान समस्यामा परेको विश्वास लिएका थिए ।
यो विमान गाउँको सैन्य एयरफिल्डबाट उडान भरेको थियो ।
अनुसन्धानकर्मीहरूले प्राविधिक गडबडी वा पाइलटको त्रुटि के कारणले भएको हो भन्ने विषयमा जाँच गरिरहेका छन् । उच्च प्रविधिको नियन्त्रण प्रणालीको असफलताका कारण विमान दुर्घटना भएको हुन सक्ने एक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्