Logo

लगातार घट्दै सुनको मूल्य

काठमाडौं– पछिल्लो केही दिनयता सुनको मूल्य लगातार घटेको छ । सुनको मूल्य बुधबार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य भने सामान्य बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्