उद्योगमा काटिएको विद्युत जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयको पत्र हिजो साँझ प्राधिकरण पुगेको थियो । हिजै साँझ ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरेर विद्युत काटिएको उद्योगमा लाइन जोड्ने र टाइम अफ डे (टीओडी) मिटरको आधारमा विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।
मंगलबार ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।