नेप्से परिसूचक ओरालो लाग्दा ७ अर्ब ८५ करोडको कारोबार
काठमाडौं- अघिल्ला दिनका तुलनामा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ ।
लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार ११ दशमलव २४ अंकले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ बिन्दुमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ७८ बिन्दुमा सीमित भएको छ ।
कारोबार भएकाक १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ ।
यस्तै, गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । वेस्ट फाइनान्स नौ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी नौ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।
गुडविल फाइनान्स नौ दशमलव ३६,आँखु खोला जलविद्युत् कम्पनी चार दशमलव ९१,माछापुच्छ्रे बैंक चार दशमलव ५९,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी तीन दशमलव ७१ र हिमालय बैंकको बन्डका लगानीकर्ताले तीन दशमलव ४८ प्रतिशतले गुमाएका छन् ।