Logo

दीपक मनाङे कारागार चलान

काठमाडौं- मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीब गुरूङ (दीपक मनाङे) कारागार चलान भएका छन् ।

सूचना अधिकारी मेलिश बाँस्कोटाका अनुसार, ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री मनाङेलाई काठमाडौं जिल्ला अदालतले मंगलबार डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले मंगलबार बिहान सानोभर्‍याङबाट उनलाई पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।

यसअघि कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्