क्रेस्टकाे बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत
काठमाडौं– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमांकीय मूल्यांकन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको हो ।
बीमा कम्पनीको अर्थिक अवस्था बुझ्ने महत्त्वपूर्ण आधारको रुपमा बीमांकीय मूल्यांकनलाई लिने गरिन्छ । प्राधिकरणबाट स्वीकृत बीमांकीय मूल्यांकनले कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाएको कम्पनीको भनाइ छ ।