Logo

एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं– एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले एनसीएचएलको अन्तरदेशीय भुक्तानी प्रणालीमा आवद्ध भइ अलि पे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटमार्फत बैंकका नेपाल पे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनसीएचएलले केही समय अगाडि टुपीएम मर्चेन्ट क्यूआरमा भुक्तानीको सेवा सुरु गर्नका लागि एन्ट इन्टरनेशनलसँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रुपमा आबद्ध हुन सम्झौता गरेको थियो ।

सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न आवश्यक व्यवस्था मिलाइने पहल अनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्न सम्झौता भएको हो । सम्झौता पश्चात चीन, हङकङ, सिंगापुर, मलेसिया, इण्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले नेपालमा रहेका नेपाल पे क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्