२४ सय घट्यो सुनको मूल्य
काठमाडौं- सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार एक लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।