नेप्से परिसूचक २२ अंकले बढेर २७ सय ६० बिन्दुमा
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव १४ अंकले बढेर दुई हजार सात सय ६० दशमलव २१ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६१ अंकले उकालो लागेर चार सय ९० दशमलव ७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ । यस्तै, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स नौ दशमलव ७१, सानिमा जिआइसी इन्सुरेन्स चार दशमलव १३, दिव्यश्वरी हाइड्रोपावर तीन दशमलव ९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव ५० प्रतिशतले गुमाएका छन् ।