Logo

एमएडब्लु वृद्धिकोे ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

काठमाडौं– नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्राण्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ ।

एमएडब्लु वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एण्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । योे मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफरअन्तर्गत ४९ हजार रुपैयाँमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउने बताइएको छ ।

साथै, टप ३ रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्ने कम्पनीको् दावी छ ।

प्रतिक्रिया दिनुहोस्