नियोको वार्षिक डिलर सम्मेलन सम्पन्न «

नियोको वार्षिक डिलर सम्मेलन सम्पन्न

नियो ब्रान्डका उपकरणहरू वाटर प्युरिफायर, किचनचिमनी, सोलार वाटर हिटर र अन्य घरेलु उत्पादनहरूको एकमात्र आयातकर्ता नियो इन्टरनेसनल (पी) लिमिटेडले वर्षको आफ्नो वार्षिक डिलर सम्मेलन २०७६, होटल रोयल सिंगी, दरबार मार्ग, काठमाडौंमा सम्पन्न गरेको बताएको छ । वार्षिक डिलर सम्मेलमा देशभरका १ सयभन्दा बढी डिलरहरूको उपस्थिति थियो ।
कार्यक्रममा शीर्ष प्रदर्शन गर्ने डिलरहरूलाई सम्मानित गरिएको थियो भने, कम्पनीका समर्पित र राम्रो प्रदर्शन गरिरहेका कर्मचारीहरूलाई सम्मान स्वरूपप्रशंसा पत्रसमेत प्रदान गरिएको भन्दै कम्पनीले चालू आर्थिक वर्षका लागि डिलर प्रोत्साहन योजना पनि सुरु गरेको जनाएको छ । नियो नेपालमा यसको उत्पादन लाइनमा एक अग्रणी ब्रान्ड भएको र ७ वर्षदेखि विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्