नबिल बैंकको एक्सप्रेस कर्जा योजना «

नबिल बैंकको एक्सप्रेस कर्जा योजना

नबिल बैंकले साना तथा मझौला व्यवसायको क्षेत्रमा लगानी बिस्तार गर्न नयाँ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर ३५ वर्ष पुगेको उपलक्ष्यमा साना तथा मझौला उद्यमी तथा व्यवसायीहरुले ३५ घण्टा मै ऋण स्वीकृत पाउन एक्सप्रेस कर्जा योजना ल्याएको हो ।
यो याजनाअन्तर्गत एसएमइहरुले ७५ लाख रुपैयाँसम्म अधिकतम साढे १० प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । यो ब्याजदर एक वर्षसम्मका लागि हो । साना तथा मझौला प्रकृतिका व्यापार व्यवसायमा संलग्नहरुलाई सरल रूपमा ऋण प्रदान गर्ने उद्देश्यसहित योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
बैंकले साना तथा मझौला प्रकृतिको क्षेत्रमा लगानी विस्तार गर्न सक्षमसँग मिलेर काम गर्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार एसएमइहरले आवेदन दिएको ३५ घण्टामा नै कर्जा दिनेछ । उनले आगामी दिनमा साना तथा मझौला उद्यमको क्षेत्रमा बैंक भ्यागुते छलाङ लगाउने योजनामा रहेको पनि बताए । बैंकको एक्सप्रेस कर्जा योजनामार्फत ऋण पाउन योग्य हो होइन भनेर ‘क्रेडिट स्कोरिङ मोडेल’ मार्फत मूल्यांकन हुनेछ । यस्तै, कर्जा लिँदा कारोबार सुचना, मासिक विद्युतीय बैंकिङ विवरण, क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने छ भने बैंकका ९३ वटै शाखाबाट ऋण उपलब्ध हुनेछ । बैंकले यसअघि पनि साना तथा मझौला प्रकृतिको क्षेत्रमा लगानी विस्तार गर्ने भन्दै आवेदन दिएको पाँच दिनमा नै कर्जा पाउने नबिल मिड कर्पोरेट एन्ड एसएमई हब स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्