पोखरा एभेन्जरर्सको र्याली
पोखरा– पोखरामा पनि क्रिकेट खेलको क्रेज बढाउन बिहीबार पोखरा एभेन्जर्सले र्याली प्रर्दशन गरेको छ । नेपाल प्रिमियर लिगमा पोखरेलीको सहयोगको अपेक्षासहित क्रिकेट खेलको क्रेज बढाउने उद्देश्यल र्याली आयोजना गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले बताए ।
दक्षिण अफ्रिकाका चर्चित खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्सको सहभागितामा र्यालीमा पोखरेली क्रिकेट प्रेमीहरुको उत्साहजनक सहभागिता रहेको उनले बताए । पोखरेली घर घरबाट र चोकचोकबाट आफ्नो टिमलाई समर्थकहरुले शुभकामना दिएका थिए ।
पोखराको फिस्टेल गेटबाट सुरू भएको र्याली लेकसाइडक, हल्लनचोक, जरेबर, जिरो किमि, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पुन: फिस्टेल गेटमा पुगेर सम्पन्न भएको थियो ।
यसैबीच पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले क्रिकेट खेलको विकासका लागि यस सिजनमा मात्र करिब १० करोड लगानी गर्ने भएको बताए । चार विदेशी खेलाडीसहित पोखरा एभेन्जर्स टिम सन्तुलित र बलियो टिम हुने अध्यक्ष त्रिपाठीले दाबी गरे । एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।