Logo

हकप्रद सेयर जारी गर्दै एनएलजी इन्स्योरेन्स

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर ११ गतेदेखि एनएलजीले १० बराबर ६.२५६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

यसको अर्थ कम्पनीको १०० कित्ता हुनेले ६२.५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरका लागि पुस १ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । जसको मूल्य प्रतिकित्ता १०० तोकिएको छ ।

हाल कम्पनीको सेयर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको छ । बीमा प्राधिकरणको मापदण्डअनुसार चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्‍याउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो । यसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्