कामना सेवा विकास बैंकद्वारा मठमन्दिरको सरसफाइ
काठमाडौं– कामना सेवा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गरेको छ । धार्मिक स्थलको महत्त्वलाई ध्यानमा राख्दै बैंकले मन्दिर सरसफाइ र संरक्षणका लागि देशव्यापी रूपमा मठमन्दिर, पार्क सरसफाइ साथै डस्टबिन हस्तान्तरण गरेको छ ।
‘सांस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो’ भन्ने बोध गर्दै, कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाइ तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको छ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू, क्षेत्रीय प्रमुखहरू तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बैंकले यस कार्य मार्फत धार्मिक स्थलको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।