दुई हजार बढ्यो सुनको मूल्य
काठमाडौं- शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ६६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।