आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का
काठमाडौं– सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङले नेपालका लागि २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का पाएको छ ।
कृषि सामग्री कम्पनीले आदित्य बिरलालाई करिब २ अर्ब ५६ करोड रुपैयाँमा डीएपी मल आपूर्ति गर्ने ठेक्का दिएको जनाएको छ । कृषि सामग्रीका अनुसार आदित्य बिरलाले प्रतिटन ७ सय ५९ अमेरिकी डलरमा मल किनेर वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्तिसमेत गर्नेछ ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ । गत आर्थिक वर्षको मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारणमा छ । चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।