एकैदिन चार हजार घट्यो सुनको मूल्य
काठमाडौं– सुनको मूल्य एकैदिन चार हजार रुपैयाँले घटेको छ ।
बुधबार तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी ५५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।