बेष्ट फाइनान्सका दुई सञ्चालक नियुक्त
काठमाडौं– बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/०८० को वार्षिक वित्तीय विवरण पारित गरेको छ ।
सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित सञ्चालकहरुमा रामजी गौतम र बौद्धराज अर्याल रहेका छन् । सभाले संस्थाको सेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको सेयर प्रतिशत संशोधन, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
वित्तीय संस्थाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।