तीन सय बढ्यो सुनको मूल्य
काठमाडौं– सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।
मंगलबार तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।