Logo

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । तिहार बिदापछिको पहिलो कारोबार दिन मंगलबार शून्य दशमलव २१ अंकले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० बिन्दुमा कायम भएको छ । तिहारअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ बिन्दुमा रहेको थियो ।

मंगलबार तीन सय दुई वटा कम्पनीका ९७ लाख १३ हजार कित्ता शेयर चार अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । मंगलबार सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । मंगलबार फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ ।

मंगलबार सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार खासै घटबढ नभएको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्