तिहारको बिदापछि २८ सय घट्यो सुनकाे मूल्य
काठमाडौं- तिहारको बिदापछि सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य दुई हजार आठ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीकाे मूल्य २१ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला चाँदीको मूल्य दुई हजार ३० रुपैयाँ तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।