अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, १८ जना घाइते
अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-५ स्थित खिल्जीमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने घाइतको संख्या १८ पुगेको छ । सोमबार साँझ देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको हो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् । थप विवरण भने आउँन बाँकी छ ।