भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय |
वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लागत र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाए युवासँग पैसा असुल्ने गरेको पाइएको छ ।सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लागतको सम्झौता कार्यान्वयन गर्न नसक्दाम्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौ रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् । सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ ।
गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपक बहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अरबको प्लाष्टिक कम्पनीमा रोजगारीमा जानमहाराजगञ्ज काठमाडौंस्थित लाइभ इन्टरनेसनल ओभरसिजले ४ लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ । सो म्यानपावरका जनसम्पर्क अधिकृत दानबहादुर सोमैलाई युवाहरूसँग सम्पर्क गरेर ४ लाख ५०लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । ठीक डेढ महिनाअघि नोभेम्बर ३ मा सो मलेसियन कम्पनीबाट नेपाल र मलेसियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकटअन्तर्गतको मागपत्र बमोजिम उनीहरूलाई मलेसिया पठाइँदै थियो। उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको छ।यी ४ जनाहरूसँग ४ लाख ५० हजार लिंदै गरेको अवस्थमा विभागको टोलीले फेला परेपछि सरकारले तोकेभन्दा बढी शुल्क लिएको देखियो ।
यीचारजनाको छनोट प्रक्रिया सो म्यानपावरमा भएको श्रम स्वीकृतिविन रिक्रुटम्यानटबाट निकालिएको थियो । यसरी प्रक्रिया एक म्यानपावर र श्रम स्वीकृती अर्कोबाट निकाल्नु नै अवैध मानिन्छ । सरकारले शून्य लागत लागू गरेपनि यसमा देखिएको कमजोर कार्यान्वयनको फाईदा उठाउदै युवा भर्ना प्रक्रियामा पैसा उठाएको देखिन्छ । विभागले हालैआरबि ओभरसिजमा छापा मारेर सेक्यूरिटी कम्पनीमा पठाउन ५ लाख असूल गरिरहेको अवस्थामा पक्राउ गरिएको कारबाही अघि बढाईएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।
“प्रत्येक हप्ताजसो विभागको स्टिंङ अपरेशन हुँदा पनि धेरैजसो व्यवसायीहरूले सुरक्षित, सम्मानपूर्ण र शोषणरहित वैदेशिक रोजगार व्यवसाय गर्नेभन्दा पनि पैसा कमाउने ध्याउन्नमै लागेको पाइएको छ,”महानिर्देशक भुसालले भने “जसले गर्दा मर्यादित व्यवसाय गर्न चाहनेहरू पनि अहिले ओझेलमा पर्ने गरेका छन्।”
सुरक्षा सेवामा धेरै ठगी
विभागले सेक्युरिटी कम्पनीमा जाने नेपालीहरूबाट म्यानपावरवालाले घटीमा ५ लाख रुपैयाँ उठाउने गरेको जनाएको छ । महानिर्देशक भुसालले चर्को शोषण गरिरहेको भन्ने गुनासो पटकपटक प्राप्त भएपनि गुनासोकर्ताले विभागलाई भरपर्दो सूचना र प्रमाणसहित सहयोग नगरेको कारणले विभागले व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउन कठिनाइ भइरहेको बताए । दुबई पुलिसलगायत थुप्रै सेक्युरिटी कम्पनीबाट आउने निशुल्क टिकट र भिसासहितको मागमा पनि पाँचलाखभन्दा कम तिरेर वैदेशिक रोजगारीमा जान नपाएको गुनासो बेलाबेलामा सुनिंदै आएको छ।
भोजपुरका पासाङ नोर्बु शेर्पा यूएईस्थित सेक्यूरिटी कम्पनीमा वैदेशिक रोजगारीमा जानका लागि छनोट भएपनि गोंगबुस्थित आरबी ओभरसिजका सञ्चालक ऋषिराम कँडेलले आफ्ना कर्मचारीमार्फत ५ लाख रुपैयाँ माग गरेको विभागले जनाएको छ । शेर्पाले ५० हजाररुपैयाँ पहिले नै दिदा २५ हजारजति कम गरिदिन अनुरोध गरे पनि म्यानपावरले नमानेको पीडितले बताएका छन् ।“तर, सञ्चालकले एक रुपैयाँँ पनि कम नहुने र पहिले नै पूरै ५ लाख नगद नबुझाउँदासम्म श्रम स्वीकृतिका लागि नै पेश नगर्ने जानकारी दिए,” महानिर्देशक भुसालले भने, “पासाङलाई त्यत्रो ५ लाख तिर्न पनि मन थिएन किनकी यसअगावै उनी दुबईमा सोही कामको अनुभव लिएर फर्केका व्यक्ति थिए।”जती पैसानदिएश्रम स्वीकृति नै निस्कँदैन भनेर म्यानपावर कम्पनीले युवालाई बाध्यतामा पारी ठगी गर्ने घटना पछिल्लो समय धेरै हुने गरेका छन् ।
पीडितको अनुरोधमा विभागले आरबी ओभरसिजमा छापा मारेर रकम म्यानपावरभित्रै बरामद गरेको थियो । विभागको टोलीले त्यहाँबाट पासाङ नोर्बु शेर्पाको भिसा लागिसकेको पासपोर्टसमेत बरामद गरेको छ। विभागले सो म्यानपावरकाविरुद्ध थप कारबाही प्रक्रिया अघि बढाएको छ।