Logo

लक्ष्मी पूजाको दिन राति बढी चहलपहल

काठमाडौं- नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखिएको थियो । विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौं उपत्यकामा चहलपहल बढेको हो । राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको थियो ।

काठमाडौं उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको थियो । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका देखिन्थे । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्