Logo

एक लाख ७१ हजार पुग्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्यले बिहीबार तीन सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको छ । बिहीबार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको थियो । यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदीमा २० रुपैयाँले घटेर दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्