पिथौलीमा सनराइज बैंकको शाखा

सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
पुस शुक्रबार माबफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाजसेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले
संयुक्त रूपमा एक समारोहकाबीच मदनपुरमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे ।
सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेमप्रसाद काफ्ले, शान्ति निकुन्ज उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले संयुक्त रूपमा एक समारोहकाबीच पिथौलीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए ।