Logo

‘जेसीबीको एस्युरेन्स, ग्राहकलाई कन्फिडेन्स’ अफर

नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ । नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पाटर््समा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा १ वर्षको उपलब्ध हुनेछ ।
साथै, जेसीबीले बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ ग्राहकमाझ ल्याएको छ । “हामीले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखी, पार्टपूर्जामा ३ महिनादेखि ६ महिना तथा टायरमा १ वर्षको वारेन्टी साथै २५० डिग्री सेल्सियससम्मको तापक्रम थाम्न सक्ने क्षमता भएको ग्रिज सुपथ मुल्यमा उपलब्ध गराएका छौं । यो ग्रिज बजारमा पाइने ब्रान्डेड ग्रिजभन्दा सुपथ मूल्यका साथै उच्च गुणस्तरको छ र लोकल ग्रिजको भन्दा दुई गुना बढी हुने भएकाले ग्राहकको धेरै पैसा बचत हुन्छ,” एमएडब्लु अर्थमुभर्सका चिफ सर्भिस म्यानेजर दिपेन बज्राचार्यले भने ।
देशभर १२वटा शाखा, १५ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा तत्पर रहेको कम्पनीको भनाइ छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र टेली ह्यान्डलर लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्