‘हिमालय रोडिज’ को तेस्रो संस्करण सुरु «

‘हिमालय रोडिज’ को तेस्रो संस्करण सुरु

टेलिभिजन रियालिटि शो ‘हिमालय रोडिज’को तेस्रो संस्करण सुरु हुने भएको छ । नयाँ अवधारणाका साथ आउने कार्यक्रममा अभिनेता अनुप विक्रम शाही र हिमालय रोडिज पहिलो सिजनका विजेता समन श्रेष्ठ पनि जोडिएका छन् ।
‘हिमालय रोडिज’ चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करण हो । अबको सिजनदेखि हिमालय रोडिज पनि एमटिभि रोडिजमा जस्तै ग्याङको अवधारणामा अघि बढ्ने भएको छ । औपचारिक घोषणा कार्यक्रममा कार्यक्रमका निर्देशक अमन प्रताप अधिकारीले आफूहरूको प्रयास तारिफयोग्य रहेको भन्दै एमटिभि रोडिजले नयाँ अवधारणामा काम गर्न अनुमति दिएको बताए ।
नयाँ ग्याङको अवधारणा अनुसार चार जना ग्याङ लिडर हुनेछन् जसको टिममा प्रतियोगी बाँडिनेछन् र एक जना कार्यक्रम प्रस्तोता हुनेछ । रेमण्ड दास श्रेष्ठ कार्यक्रमको प्रस्तोता हुनेछन् भने अनुप विक्रम शाही, समन श्रेष्ठ, दिया मास्के र आशिष राना लाहुरे ग्याङ लिडर हुनेछन् । विभिन्न शहरमा गएर प्रतियोगीलाई छानिने छ । कार्यक्रम हिमालय टेलिभिजन तथा रोडिजको युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रमको प्रायोजन यामाहाको एफ जेड मोटरसाइकलले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्