काठफोर्ड कलेजले अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिताको उपाधि

काठमाडौं– काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एन्ड म्यानेजमेन्टको बोटमाइन्ड्स रोबोटिक्स टोलीले भारतको आईआईटी पटनामा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा रोबो सकर इभेन्टमा पहिलो र तेस्रो स्थान हासिल गरेको छ ।
४२ टोलीसँग प्रतिस्पर्धा गर्दै, टोलीले उत्कृष्ट क्षमता र दृढता प्रदर्शन गरेको छ, जसले नेपाली विद्यार्थीको विश्वस्तरमा पहिचानलाई थप बलियो बनाएको छ ।
टोली सदस्यहरू सृजन खड्का, सुजन श्रेष्ठ, र अनिश थापा मगरले कलेजप्रति समर्थन र मार्गदर्शनका लागि आभार व्यक्त गर्दै, यो उपलब्धिले उनीहरूलाई रोबोटिक्स क्षेत्रमा थप प्रगति गर्न प्रेरित गरेको बताएका छन् ।